Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

चुनाव प्रचारमा हिँडेको बोलेरो गाडी दुर्घटना पाँच जना घाइते

Wednesday, May 10, 2017 National Power


२७ बैशाख, सिन्धुपाल्चोक  – स्थानीय तहको चुनाव प्रचारमा हिँडेको बोलेरो गाडी बुधबार साँझ सिन्धुपाल्चोकको मेलम्ची– ९ मा दुर्घटना भएको छ। राप्रपाको चुनावी प्रचारखप्रसारका लागि ज्यामिरे हुँदै लाँगर्चे हिँडेको बा१६च ५२७१ नम्बरको बोलेरो मेलम्ची– ९, ज्यामिरे भण्डारी टोल मोडमा दुर्घटना भएको हो। दुर्घटनामा पाँच जना घाइते भएका इलाका प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको छ। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ भने घाइतेलाई उपचारका लागि नेपाली कांग्रेसको चुनाव प्रचारमा रहेको बोलेरोले मेलम्ची अस्पताल पुर्‍याएको इलाका प्रहरी कार्यालयले जनाएको छ।