Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

त्रिशूली नदीमा ट्रक खस्दा दुईजना घाइते

Wednesday, May 10, 2017 National Power

२७ बैशाख, चितवन – काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ट्रक आज बिहान ७ बजेतिर इच्छाकामना गाउँपालिका–४ लेवाटारमा पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खस्दा दुईजना घाइते भएका छन् ।

ट्रक करिब ६० मिटर तल त्रिशूलीमा खसेको हो । सो क्रममा उछिट्टिएर भिरमा झरेका दुईजनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गरेको छ । उद्धार गरिएकामा हेटौडा उपमहानगरपालिका–१४ का अन्दाजी २० वर्षीय सुरज मगर र सोही स्थान बस्ने अन्दाजी २१ वर्षीय सोनाम लामा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ट्रक खसेपछि एकजना भागेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले ती व्यक्ति चालक भएको आशङ्का गरिएको बताए ।ट्रकको माथिल्लो भाग मात्र देखिएकाले नम्बर खुल्न सकेको छैन । ट्रकमा अन्य पनि हुनसक्ने भन्दै नेपाल प्रहरी र विपत् व्यवस्थापन गण कुरिनटारका सशस्त्र प्रहरी परिचालन गरिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।