Thursday 18th August 2022

    आज ओल्के पर्व, सुदूरपश्चिममा सार्वजनिक बिदा    श्रीलंकाको हम्बनटोटामा जहाज पुगेपछि भारतको चिन्तामा चीनले दियो यस्तो जवाफ    'नेक्स्ट सुपर मोडल नेपाल २०२२'को आवेदन खुला, अडिसन भाद्र ११ मा हुने    राजनीतिक दल र आयोगका सबै गतिविधि निर्वाचन केन्द्रित    आशिका शाह र आयुष साउदले जिते मिस एण्ड मिस्टर ग्लोवको टाईटल

तिब्र गतिको माइक्रोबसलाई अचानक ब्रेक लगाउँदा दुर्घटना १० जना घाइते

Tuesday, May 9, 2017 National Power

२६ बैशाख, सप्तरी – सप्तरीको रूपनीमा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। झापाबाट काठमाडौंतर्फ गुडेको बा ४ ख ८२३ नम्बरको माइक्रोबस अनियन्त्रित भएर सडकमै पल्टिएको  छ भने घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। तिब्र गतिमा गुडिरहेको माइक्रोबसलाई अचानक ड्राइभरले ब्रेक लगाउँदा अनियन्त्रित भएर सडक छेउमा पल्टिएको उक्त माइक्रोबसमै सवार यात्रुहरुले बताएका छन्।