Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

पत्रकार सम्मेलनमै घिसिङ रोएपछि

Tuesday, May 9, 2017 National Power

२६ बैशाख, काठमाडौं – एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिताको आरोप लागेपछि आफ्ना धारणा राख्न पत्रकारहरुमाझ उपस्थित भएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ रोएका छन् ।

लगतै सम्हालिएका कुलमानले आफूहरुमाथि लागेको आरोपले गम्भीर बनाएको बताए । यसले काम गर्ने वातावरण विग्रन सक्ने उनले बताए । भारत सरकारसँग सहमति गरेर १३५ १४० रुपैयाँमा बल्ब ल्याउन लागेको भन्दै घिसिङले यदि कसैले सक्छ भने १५० रुपैयाँमा ल्याउन चुनौती दिए । कुनै व्यापारीले १५० रुपैयाँमै गुणस्तरीय बल्ब ल्याएमा विद्युत प्राधिकरणका २ सय वटै ग्राहक सेवा केन्द्रबाट वितरणको व्यवस्था मिलाउने घिसिङले बताए ।