Wednesday 19th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

वल्र्ड व्युटि च्याम्पियनमा नेपाली फुर्दिकी

Monday, May 8, 2017 National Power

काठमाडौं । यहि १३ मे देखि दुवईमा आयोजना हुने ब्युटिसियनहरुको अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘वल्र्ड व्युटि च्याम्पियन २०१७’मा नेपालको प्रतिनिधित्व फुर्दिकी शेर्पाले गर्ने भएकी छन् ।

भोजपुरकी स्थायी घरभइ हाल काठमाडौमा बस्दै आएकी शेर्पा सौन्दर्य व्यवसायी हुन् । उनलाई प्रतियोगितामा इप्लनेट नेपालले पठाउन लागेको हो ।

३५ भन्दाबढि देशका सौदर्य ब्यवसायिहरुको सहभागीता रहने प्रतियोगीता सौन्दर्य व्यवसायिहरुको अन्तर्रनिहित प्रतिभा उजागर गर्दै उनिहरुको काम प्रतिको लगाव र आत्मविश्वास बढाउने रहेको वल्र्ड व्युटि कांग्रेसका केन्द्रिय सदस्य तथा अन्तराष्ट्रिय कार्यक्रमका नेपाल निर्देशक सन्तोष सापकोटाले बताए ।

बिसं २०११ मा सिटिइभिटि धरानवाट व्युटिसियनको कोर्स पुरा गरेपछि सौदर्य ब्यवसायमा होमिएकी शेर्पा २०१३ मा एडभान्स कस्मेटोलोजी हँुदै आधुनिक मेक अपकोर्स, नेल आर्ट, हेयर डिजाइनिड लगायतका विधामा कार्य गर्दै आइरहेकी छन् ।

विश्वभरिका सौन्दर्य व्यवसायिहरुलाइ एकै ठाउमा भेला गराइ प्रतिष्पर्धा गराउनुका साथै यस प्रतियोगितामा सहभागी हुने व्यवसायिहरुलाई सौन्दर्य प्रसाधनका क्षेत्रमा सफल र उच्च व्यवसायीहरुसँग भेट्ने र उत्पादक कम्पनीका विज्ञहरु सँग अन्तरक्रिया छलफल गर्ने अवसर प्रदान गर्नु रहेको छ ।