Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

निर्वाचनमा ४९ हजार ३३७ उम्मेदवारको प्रतिस्पर्धा

Monday, May 8, 2017 National Power

२५ बैशाख, काठमाडौं – पहिलो चरणमा हुने स्थानीय तहको निर्वाचनमा ४९ हजार ३३७ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।

३ वटा प्रदेश अन्तर्गत ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा चुनाव हुँदैछ ।बैशाख १९ गते उम्मेदवारी दर्ता गराई बैशाख २२ गते उम्मेदवारी फिर्ता लिएपछि कायम भएको उम्मेदवारहरुका संख्या ४९ हजार ३३७ रहेको  निर्वाचन आयोगले जनाएको छ ।

जस अनुसार पुरुषको संख्या ३० हजार ५ र महिलाको संख्या १९ हजार ३३२ छ । प्रतिशतको हिसाबले जम्मा उम्मेदवारमध्ये पुरुष ६०.८२ प्रतिशत र महिला ३९.१८४ प्रतिशत रहेका निर्वाचन आयोगले जनाएको छ ।