Tuesday 16th April 2024

    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक    चेतन कार्की र निशा स्मृति पुरस्कार बैशाख १३ गते प्रदान गरिने

अखिल क्रान्तिकारीद्धारा अनिश्चितकालीन शैक्षिक आम हडतालको घोषणा

Monday, May 8, 2017 National Power

२५ बैशाख, कैलाली – नेत्रविक्रम चन्दनिटक अखिल क्रान्तिकारीले कैलाली जिल्लामा आजदेखि अनिश्चितकालीन शैक्षिक आम हडतालको घोषणा गरेको छ ।

अखिल क्रान्तिकारीले शुल्क वृद्धिविरुद्ध वैशाख २२ गते संयुक्त विद्यार्थीको आन्दोलनका क्रममा भएको तोडफोड र प्याब्सनका पूर्वअध्यक्ष आरसी यादवलाई अभद्र व्यवहारमा संलग्न भएको विषयलाई लिएर सेती अञ्चल ब्युरो इन्चार्ज बिमल धामी र कैलाली सह–सचिव रमेश साउँदविरुद्ध जिल्ला प्रहरी कार्यालयमा झुटो मुद्दा लगाई पक्राउ गरेको भन्दै शैक्षिक आम हडतालको घोषणा गरेको अखिल क्रान्तिकारीका कैलाली उपाध्यक्ष झलक विश्वकर्माले जानकारी दिए।

पक्राउ परेका आफ्ना विद्यार्थी नेताको कुनै पनि संलग्नता नहुदा नहुदै रिहाइ गर्नुको सट्टा उल्टो बाहनाबाजी गर्दै रिहाइ नगरिएकाले आजदेखि शैक्षिक हडतालको घोषणा गरिएको आइतबार जारी गरिएको विज्ञप्तिमा जनाएको छ ।  कैलाली सहसचिव रमेश साउँदलाई नियन्त्रणमा लिई सार्वजनिक मुद्दा अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको तर अञ्चल ब्युरो इन्चार्ज धामीलाई भने पक्राउ नगरिएको दाबी गरेको कैलाली प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जनाए ।