Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् गुरुङ पुनः माओवादी केन्द्रमा फर्किए

Monday, May 8, 2017 National Power

२५ बैशाख, काठमाडौं –  नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्य तथा पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष जीतबहादुर गुरुङ माओवादी केन्द्रमा फर्किएका छन् ।

सोमबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गुरुङले आफू माओवादी केन्द्रमै सक्रिय रहने जानकारी दिएको प्रचण्डको सचिवालयले जनाएको छ । नयाँ शक्तिले देशको वैकल्पिक धारको नेतृत्व गर्न नसक्ने भएकाले आफू माओवादी केन्द्रमै फर्किएको गुरुङले बताए । गुरुङ युद्ध कालदेखि नै माओवादीको संगठन निर्माणमा क्रियाशील रहँदै आएका थिए । पछिल्लो समय नयाँ शक्तिमा क्रियाशील थिए ।