Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

विप्लव नेतृत्वका कार्यकर्तामाथि निगरानी बढाएपछि धमाधम पक्राउ

Monday, May 8, 2017 National Power

२५ बैशाख, काभ्रेपलाञ्चोक – प्रहरीले बनेपाको काभ्रेपलाञ्चोकमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तामाथि निगरानी बढाएपछि धमाधम पक्राउ गर्न थालेको छ ।

आइतबार प्रहरीले धुलिखेलबाट थप दुई कार्यकर्ता पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–११ का कान्छा लामा र धुलिखेलकै रमेश परियार रहेको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । दुवैजना नेकपा, काभ्रेपलाञ्चोकको जिल्ला सदस्य हुन् ।

यसअघि शुक्रबार मात्रै दुई कार्यकर्तालाई मण्डनदेउपुर नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको थियो । जिल्लामा करिब १०० जना विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता रहेको अनुमान गर्दै प्रहरीले उनीहरुमाथि कडा निगरानी राखिएको  प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचन बिथोल्ने घोषणा गरेको छ ।