Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

जनताकाे अावश्यकतानै मेराे एजेण्डा : ढुङ्गाना

Sunday, May 7, 2017 National Power

२४ बैशाख, धादिङ्ग – आफ्नो चुनावी प्रचार प्रसारमा रहेका नीलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयरका उम्मेदवार भिम प्रसाद ढुङ्गानाले जनताको आवश्यकता नै आफ्नो एजेण्डा भएको बताएका छन् ।

आज नगरपालिकाको वडा नं १० स्थित भारमाले, हनुमान डाँडा, नयाँगाउँ लगाएतका गाउँमा चुनावी प्रचार गर्ने क्रममा उनले त्यस क्षेत्रमा समस्याका रुपमा रहेको मोटरबाटो, खानेपानी, कृषि सहकारी, यूवा वेरोजगार, कृषकहरुको समस्या, कृषी उत्पादनको बजारीकरणको बारेमा उपयुक्त योजना भएको पनि बताए । साथै उनले यस क्षेत्र पर्यटकीय दृष्ट्रिकोणले समेत सम्भावना बोेकेको क्षेत्र रहेको भन्दै त्यसको लागि आफुले कार्ययोजना बनाएको पनि बताए ।

उक्त क्षेत्रका वासिन्दाले ढुङ्गानालाइ विकास प्रेमी भएको भन्दै विगतमा पदमा वाहल नहुँदा पनि विभिन्न कार्यक्रमहरु मार्फत गाउँमा विकासको लागि योगदान दिएको बताए ।

सो अवसारमा विभिन्न पार्टी परित्याग गरि ६० जना भन्दा बढी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । नेपाली काँग्रेस प्रवेश गर्नेमा एमालेका पुर्व वडा अध्यक्ष, सदस्य तथा हालको राप्रपा गाउँ इकाइ कमिटिमा रहेकाहरु समेत रहेको बताइएको छ ।
विगतमा एमाले माओवादी लगाएतका पार्टीलाइ मतदान गरेकाहरु पनि यस पटक ढुङ्गानाको पक्षमा देखिएका छन् ।