Thursday 5th December 2024

    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै    पूर्व मन्त्री भण्डारीले गरे डेष्टिनेशन जापानिज ल्याङ्ग्वेज एण्ड कन्सल्टेन्सीको कार्यालय उद्धघाटन    प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई” सार्बजनिक    पञ्जावमा मैत्रियका बालबालिकाहरु विजयी    नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना

नेपाल लोकतान्त्रिक फोरम प्रचण्ड नेतृत्वको सरकारमा सहभागि हुने संकेत

Sunday, May 7, 2017 National Power

२४ बैशाख, काठमाडौं – नेपाल लोकतान्त्रिक फोरम प्रचण्ड नेतृत्वको सरकारमा सहभागि हुने संकेत दिएको छ । प्रचण्ड नेतृत्वको सरकारमा फोरमका अध्यक्ष विजयकुमार गच्छदार आफै सहभागि हुने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवासँग गच्छदारको कुराकानी भएको छ । हिजो पनि प्रधानमन्त्री प्रचण्ड र गच्छदारबीच सम्वाद भएको थियो । वैठकमा सरकारमा सहभागी हुने विषयमा सहमति बनेको स्रोतको दावी छ । गच्छदारलाई उपप्रधानमन्त्रीसहित यस अघि कमल थापाले सम्माहालेको स्थानिय विकास मन्त्रीको जिम्मा दिने विषयमा कुराकानी भएको स्रोतको भनाई छ ।

राप्रपाका अध्यक्ष कमल थापाले सत्तापक्षीय गठबन्धनले प्रधानन्यायधीश माथि महाअभियोग प्रस्ताव दर्ता गरेसंगै असमति जनाउदै उपप्रधान तथा स्थानीय बिकास मन्त्रालयबाट राजिनामा दिएका थिए ।प्रचण्ड नेतृत्वको सरकारबाट वहिर्गमन गरेसँगै राप्रपाले स्थानिय तहको चुनावमा विपक्षी एमालेसँग गठवन्धन गरेको छ । गच्छदारलाई सके आज नभए भोलीसम्म भएपनि सपथ खुवाउने सत्तारुढ दलको तयारी रहेको स्रोतको भनाई छ ।