Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

Sunday, May 7, 2017 National Power

२४ बैशाख, काठमाण्डौँ– काठमाडौंको थानकोटमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

त्रिवेणी चोकस्थित सडकखण्डमा आज बिहान सवा बजे बा ११ च ५९८९ नम्बरको पिकअप भ्यानले बा ७८ प ९५३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको निधन भएको हो ।

चालक धादिङ बस्ने १९ वर्षीय सन्दिप घलेको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको छ भने पछाडी सवार सुन्धारा बस्ने १९ वर्षीय प्रभात वनजोर घाइते भएका छन् । घाइतेको सहिद मेमोरियल अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनामा संलग्न सवारी साधनलाई महानगरिय प्रहरी वृत थानकोटले नियन्त्रणमा लिएको छ भने भ्यान चालक फरार रहेकोले खोजी कार्य भैरहेको छ ।