Sunday 19th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

खुकुरी प्रहारबाट एकको मृत्यु

Sunday, May 7, 2017 National Power

२४ बैशाख, भक्तपुर – आफ्नै फुपुको छोराले खुकुरी प्रहार गर्दा भक्तपुरको कौशलटार बस्ने सौरभ सुवेदीको मृत्यु भएको छ ।

आईतबार विहान पोखरा स्थायी घर भएका फुपुको छोरा पारस कोईरालाले सौरभलाई खुकुरी प्रहार गरेको महानगरीय प्रहरी वृत ठिमीले जनाएको छ ।

झापा स्थायी घर भएका ३२ बर्षिय सुवेदी कौशलटार बस्दै आएका थिए । पारसको खुकुरी प्रहार पछि गम्भिर घाईते भएका सुवेदीलाई ग्वार्को स्थित वि एण्ड वि अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइएको छ । मामाको छोरालाई खुकुरी प्रहार गरेर फरार भएका पारसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।