Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

आगलागीबाट ५ घर नष्ट

Sunday, May 7, 2017 National Power

२४ बैशाख, भक्तपुर – भक्तपुर नगरपालिकाको तेखापुखु टोलमा गएराति आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । आगलागी बिहान आठ बजेसम्म पनि नियन्त्रणमा आएको छैन ।

राति साढे एक बजेतिरबाट लागेको आगोले स्थानीय इन्द्र शिल्पकार, कृष्णप्रसाद शिल्पकार, दानबहादुर शिल्पकार, चन्द्रलाल शिल्पकार र पुरुषोत्तम शिल्पकारको घर जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

आगो निभाउनका लागि छेउँछाउँका घरहरु भत्काइएको छ । आगलागीबाट खाद्यान्न, लत्ताकपडा लगायतको क्षति भएको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगो निभाउन भक्तपुरसहित काठमाडौं र ललितपुर प्रहरीका दमकल पुगेका थिए साथै, आगो निभाउन भक्तपुर नगरपालिका र नेपाली सेनाका ट्यांकरहरु पनि प्रयोग गरिएको थियो ।