Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

सत्तारूढ दलहरूकाे बैठक सकियाे, नेताहरूले प्रतिक्रिया दिन मानेनन्

Friday, May 5, 2017 National Power

२२ बैशाख, काठमाडाैँ – सर्वाेच्च अदालतले प्रधानन्खयाधिष सुशीला कार्कीकाे महाअभियाे प्रस्ताव अघि नबढाउनु र अाजै देखि काममा फर्कनु भन्ने अादेश पछि बसेकाे सत्तारूढ दलहरूकाे बैठक सकिएकाे छ । बैठक पछि पत्रकारहरूलाइ नेताहरूले यस विषयमा कुनै पनि प्रतिक्रिया दिन मानेनन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा केही मन्त्रीहरुसहित सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा बदलिँदो राजनीतिक घटनाक्रमबारेमा छलफल भएको हो । तर शुक्रबार बेलुका बैठकबाट बाहिरिएका नेताहरु पत्रकारहरुलाई कुनै प्रतिक्रिया नदिई हुइँकिएका छन् ।

वैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, मन्त्रीहरु रमेश लेखक, बालकृष्ण खाँड, जनार्दन शर्मा, महाभियोगका प्रस्ताव मीनबहादुर विक, माओवादी केन्द्रका सांसद तथा अधिवक्ता रामनारायण विडारी लगायत सहभागी थिए ।