Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

ट्राफिक नियम सिकाउँदै कलाकारहरु

Friday, May 5, 2017 National Power


२२ बैशाख, काठमाडौँ  – ट्राफिक प्रहरी र कलाकारहरुले संयुक्त रुपमा ट्राफिक जनचेतना सम्बन्धि अभियान संचालन गरेका छन् । विहिबार राजधानीको रत्नपार्कमा नेपालकका प्रख्यात कलाकारहरुलाइ साथमा लिइ ट्राफिक प्रहरीले आम जनतालाइ ट्राफिक नियमको बारेमा जानकारी दिने प्रयास गरेको थियो ।

उक्त अभियानमा कलाकारिता क्षेत्र संग सम्बन्धित सबै जसो संघसंस्थाका प्रमुख तथा प्रतिनिधीको बाक्लो सहभागीता रहेकोे थियो । निकै सकृयताका साथ बाटो काट्न सिकाइरहेका कलाकारहरुले आम जनतामा ट्राफिक नियम सम्बन्धि अल्प ज्ञान भएको हुँदा धेरै दुर्घटना हुने गरेको र यस्तो खालको अभियानले केही हदसम्म भएपनि दुर्घाटना कम गराउन सहयोग पुग्ने बताए ।

सरकारले यही जेठ १ गतेबाट लागु हुने गरी जथाभावी बाटो काट्ने, जेब्राक्रसिङ् र अकाशेपुल प्रयोग नगर्नेलाई रु २०० जरिवाना वा २ घण्टा हिरासतमा राख्ने प्रावधान ल्याएको छ ।