Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

ट्राफिक नियम सिकाउँदै कलाकारहरु

Friday, May 5, 2017 National Power


२२ बैशाख, काठमाडौँ  – ट्राफिक प्रहरी र कलाकारहरुले संयुक्त रुपमा ट्राफिक जनचेतना सम्बन्धि अभियान संचालन गरेका छन् । विहिबार राजधानीको रत्नपार्कमा नेपालकका प्रख्यात कलाकारहरुलाइ साथमा लिइ ट्राफिक प्रहरीले आम जनतालाइ ट्राफिक नियमको बारेमा जानकारी दिने प्रयास गरेको थियो ।

उक्त अभियानमा कलाकारिता क्षेत्र संग सम्बन्धित सबै जसो संघसंस्थाका प्रमुख तथा प्रतिनिधीको बाक्लो सहभागीता रहेकोे थियो । निकै सकृयताका साथ बाटो काट्न सिकाइरहेका कलाकारहरुले आम जनतामा ट्राफिक नियम सम्बन्धि अल्प ज्ञान भएको हुँदा धेरै दुर्घटना हुने गरेको र यस्तो खालको अभियानले केही हदसम्म भएपनि दुर्घाटना कम गराउन सहयोग पुग्ने बताए ।

सरकारले यही जेठ १ गतेबाट लागु हुने गरी जथाभावी बाटो काट्ने, जेब्राक्रसिङ् र अकाशेपुल प्रयोग नगर्नेलाई रु २०० जरिवाना वा २ घण्टा हिरासतमा राख्ने प्रावधान ल्याएको छ ।