Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,एक गम्भिर घाइते

Friday, May 5, 2017 National Power

२२ बैशाख , सिरहा – सिरहाको पूर्व–पश्चिम सडकअन्तरगत कर्जनहा गाउँपालिका २ बन्दीपुरस्थित जनक चोकमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको गनेशमान चारनाथ नगरपालिका पोर्ताहा ८ का २४ वर्षीय सुनील कुमार दास रहेको  जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। शुक्रबार बिहान पूर्वबाट पश्चिम जाँदै गरेको मे. १ ख २२२१ यात्रुबाहक बसले ज.९प. ७१८७ नं.को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका दासलाई उपचारका लागि कर्जनहास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। बसको ठक्करले दाससँगै मोटरसाइकलमा रहेका वर्ष १८ का दिपेश पासवान गम्भीर अवस्थामा विरटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बस र चालकलाई नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।