Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

संसद सुचारु गर्ने विषयमा सहमति जुटाउने प्रयासमा प्रमुख तीन दलको बैठक

Friday, May 5, 2017 National Power


२२ बैशाख, काठमाण्डौँ – संसद सुचारु गर्ने विषयमा सहमति जुटाउने प्रयासमा प्रमुख तीन दलको बैठक संसद भवन नयाँ बानेश्वरमा शुक्रबार सुरु भएको छ ।
सभामुख ओनसरी घर्ती समेतको उपस्थितिमा संसद भवन नयाँबानेश्वरमा सुरु बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता, प्रमुख सचेतक, कानुनमन्त्रीसहितको उपस्थिति छ ।

बैठकमा संविधानको दोश्रो संशोधन र प्रधानन्यायाधीश सुशीला  कार्कीविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमा राजनीतिक सहमति खोज्ने प्रयास गरिने नेताहरुले बताएका छन् ।प्रमुख प्रतिक्षी नेकपा एमालेले प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता नलिएसम्म संसद चल्न नदिने अडान लिएपछि बिहीबारको बैठक राजनीतिक सहमतिका लागि भन्दै सुचना टाँसेर शुक्रबार विहान १० बजेसम्मका लागि स्थगित गरिएको थियो । यता नेपाली कांग्रेस र नेकपा माओवादीले भने महाअभियोग प्रस्ताव कुनै पनि अवस्थामा फिर्ता लिन नसक्ने बताउँदै आएका छन् । महाअभियोग प्रस्ताव फिर्ता नलिने भए तत्काल संसद बैठकमा भोटिङमा लैजानुपर्ने एमालेको प्रस्तावमा पनि सत्तासाझेदार दलले असहमति जनाएपछि संसदको गतिरोध उत्पन्न भएको हो ।