Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

काँग्रेस–माओवादी कार्यकर्ताबीच झडप, ८ घाइते

Friday, May 5, 2017 National Power

२२ बैशाख, रुकुम – रुकुम जिल्लामा बिहीबार मद्यान्न तिर नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको छ ।

जिल्लाको बाँफिकोट गाउँपालिका–६ मा झडप हुँदा आठजना घाइते भएका छन् । झडपका क्रममा नेपाल तरुण दलका तीन र वाइसिएलका पाँचजना कार्यकर्ता घाइते भएको बताइएको छ । नेपाली काँग्रेसनिकट नेपाल तरुण दलले आन्तरिक बैठकमा माओवादीद्वारा आक्रमण प्रयास भएको आरोप लगाएको छ । आन्तरिक बैठक बसिरहेको अवस्थामा वाइसिएलले आक्रमण गर्न खोजेको तरुण दलका वडाध्यक्ष उम्मेदबार विनोद कुसारीले जानकारी दिए । तर, माओवादीले आफ्ना कार्यकर्ता बाटोमा हिँडिरहेको अवस्थामा तरुण दलले आक्रमण गरेको बताएको छ । झडपका क्रममा तरुण दलका हरि बस्याल, धनबहादुर विक, रवि केसी र वाइसिएलका प्रचण्ड केसी, प्रकाश ओली, विवेक विक, आकाश परियार र नरबहादुर पुन घाइते भएको बताइएको छ भने त्यस क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले बताएको छ ।