Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

काँग्रेस–माओवादी कार्यकर्ताबीच झडप, ८ घाइते

Friday, May 5, 2017 National Power

२२ बैशाख, रुकुम – रुकुम जिल्लामा बिहीबार मद्यान्न तिर नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको छ ।

जिल्लाको बाँफिकोट गाउँपालिका–६ मा झडप हुँदा आठजना घाइते भएका छन् । झडपका क्रममा नेपाल तरुण दलका तीन र वाइसिएलका पाँचजना कार्यकर्ता घाइते भएको बताइएको छ । नेपाली काँग्रेसनिकट नेपाल तरुण दलले आन्तरिक बैठकमा माओवादीद्वारा आक्रमण प्रयास भएको आरोप लगाएको छ । आन्तरिक बैठक बसिरहेको अवस्थामा वाइसिएलले आक्रमण गर्न खोजेको तरुण दलका वडाध्यक्ष उम्मेदबार विनोद कुसारीले जानकारी दिए । तर, माओवादीले आफ्ना कार्यकर्ता बाटोमा हिँडिरहेको अवस्थामा तरुण दलले आक्रमण गरेको बताएको छ । झडपका क्रममा तरुण दलका हरि बस्याल, धनबहादुर विक, रवि केसी र वाइसिएलका प्रचण्ड केसी, प्रकाश ओली, विवेक विक, आकाश परियार र नरबहादुर पुन घाइते भएको बताइएको छ भने त्यस क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले बताएको छ ।