Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु

Thursday, May 4, 2017 National Power

२१ बैशाख, अत्तरीया – कैलालीको अत्तरीयामा बिहीबारदेखि अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । ट्वान्टी–ट्वान्टी संरचनामा खेलाइने प्रतियोगितामा ६ टिमले भाग लिने आयोजक युनाईटेड अत्तरीया स्पोर्टस क्लबले जनाएको छ ।

समुह ‘ए’ मा सशस्त्र प्रहरी बलको एपिएफ, मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर टिम छन् । समुह ‘बी’ मा कैलाली जिल्ला क्रिकेट एकेडेमी, राईजिङ क्रिकेट वुमन काठमाडौं र बारा क्रिकेट एकेडेमी छन् । राउन्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगितामा दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् भने उपाधि बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताका लागि २५ लाख जति खर्च हुने अनुमान गरिएको छ ।