Thursday 26th May 2022

    सरकारले लिम्पियाधुरा फिर्ता ल्याउन नसकेर कायरता प्रदर्शन गरेको छ : ओली    काँग्रेसले आफ्नो पहिचान गुमाएको छ : ओली    केपी शर्मा ओलीको झण्डै तीन घण्टा संसदलाई सम्बोधन    यी हुन् डिएसए स्टार र ट्यालेन्ट स्टार नेपालका विजेता    १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल मा नेपाली चलचित्र कुईनेटो सहित १५ देशका २६ फिल्म चयन

अपहरणमा परेका उम्मेदवार गिरीको अवस्था अझै सम्म अज्ञात

Thursday, May 4, 2017 National Power

२१ बैशाख, काठमाडौं –  काठमाडौंको नागार्जुन नगरपालिका ७ का वडा अध्यक्षका उम्मेदवारको अवस्था अझै सम्म पनि अज्ञात छ । बुधबारदेखि सम्पर्क विहीन भएका नयाँ शक्ति पार्टीबाट वडा अध्यक्षका उम्मेदवार मदन गिरीको अवस्था अझै सम्म अज्ञात रहेको हो ।

गिरीको कार भने फेला परेको छ । उनको बा ११ च ४०२९ नम्बरको कार चाबीसहित नयाँ बजारमा फेला परेको छ । गिरीले बुधबार साँझ ७ बजे आफूलाई चार जनाले अपहरण गरेको म्यासेज नयाँ शक्तिका नेताहरुलाई पठाएका थिए । उनले आफूलाई बानेश्वरतर्फ लगिँदै गरेको बताएका थिए । त्यसपछि चाहिँ उनको फोन समेत अफ रहेको छ ।