Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

आचारसंहिता पालना नगर्ने उमेदवारलाई कडा कारबाही गर्ने चेतावनी

Wednesday, May 3, 2017 National Power


२० बैशाख, काठमाडौं – निर्वाचन आचारसंहिता पालना नगर्ने उमेदवारलाई कडा कारबाही गर्ने चेतावनी निर्वाचन आयोगले दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन ऐन, नियम, कानुन र आचारसंहिता पालना नगर्ने उम्मेदवारलाई कडा कार्वाही हुने स्पष्ट पारे ।

उनले निर्वाचन आचारसंहिता पालना नगर्ने उमेदवार विजयी भएपनि कानुन पालना गर्न/गराउन नसक्ने पनि उल्लेख गरे । नेत्रहिन संघले बुधबार काठमाडौँमा आयोजना गरेको स्थानीय तहको निर्वाचनसम्बन्धि प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता पालना भए/नभएको अनुगमन गरिदिन संचारकर्मीसँग पनि आग्रह गरे ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा जनता ज्यादै उत्साही भएको पनि जनाएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेदवारहरुको मनोनयन भईसकेपछि जनता आफ्ना प्रतिनिधि चयन गर्न झनै उत्साही गएर लागि परेको बताए ।प्रमुख निर्वाचन आयुक्त यादवले सबैलाई मतदानमा भाग लिन पनि पुनः आग्रह गरे । वैशाख ३१ गते ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहमा मतदान हुँदैछ । निर्वाचन आयोगले मंगलबार मनोनयन भएका उम्मेदवारहरुको अन्तिम नामावली शुक्रबार प्रकाशित गरी निर्वाचन चिन्ह समेत प्रदान कार्यक्रम तय गरिएको छ ।