Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

चार लाख लुट्ने एक भारतीय युवक प्रहरीद्धारा पक्राउ

Wednesday, May 3, 2017 National Power

२० बैशाख, बारा (पर्सा) – बैंकबाट झिकिएको रु चार लाख लुट्ने एक भारतीय युवकलाई मङ्गलबार पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगन्जको आदर्शनगर चोकस्थित सिटिजन्स बैंकबाट झिकिएको रुपैयाँ खोसी भाग्ने क्रममा प्रहरीले भारत विहार जलपाई थान, राजगन्ज ग्राम पञ्चायत आश्रमपुर गाउँ निवासी २० वर्षीय अमिर गवालालाई पक्राउ गरेको हो ।

बाराको कलैया उपमहानगरपालिका–१६ धर्मनगर निवासी जटाशङ्कर साहले दिउँसो सिटिजन्स बैंकको आप्mनो खाताबाट झिकेको रु चार लाखलाई गवालले खोसी भाग्न लाग्दा काममा खटिएको प्रहरी टोलीले रङ्गेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनले घरायसी कामलाई रकम झिकी बैंकबाट निस्किन लागेका साहलाई धक्का हानी रकम लुटेर भाग्न खोज्दा प्रहरीले गवालालाई लखेटर पक्राउ गरेको बताए ।
पक्राउ परेका भारतीय नागरिक गवालालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । भारतीय नागरिक गवालामाथि लुटपाट मुद्दा चलाउने तयारीमा प्रहरी रहेको जनाइएको छ ।