Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

आगलागीमा परी एकै परिवारका तिन घाइते

Wednesday, May 3, 2017 National Power

२० बैशाख, काठमाडौं – ललितपुरको इमाडोलमा आज बिहान लागेको आगलागीमा परि एकै परिवारका तीनजना घाइते भएका छन् । इमाडोलको कृष्ण मन्दिर नजिक पर्ने ढुंगेसाँघु भन्ने ठाउँमा रहेको झोला बनाउने कारखानामा बिहान चार बजेतिर आगो लागेको प्रहरीले जनाएको छ ।

आगलागीमा परी त्यहिँ बस्ने र काम गर्ने सुशीला सापकोटा, उनकी छोरी १४ वर्षिया शुभेच्छा र १२ वर्षिय छोरा सुलभ घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेहरुको इमाडोलमा रहेको किस्ट अस्पतालमा उपचार भइरहेको छ । अगालागीका कारण एक करोड ६५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । आगो झण्डै चार घण्टापछि नियन्त्रणमा आएको छ ।