Wednesday 18th September 2024

    एभरग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टको १२औँ वार्षिकोत्सव भव्यरुपमा सम्पन्न    इन्टरनेशनल एचिभर्स अवार्ड–२०२४ भव्यरुपमा सम्पन्न    १८ औ राम बहादुर सुबेदी गोल्डकप सम्पन्न    नारद पोखरेलको ‘उर्वरा’ लोकार्पण    सोफा हब काठमाडौको धमाकेदार उत्सव अफर

ट्रम्पले किमलाई अवसर मिले भेट्ने

Tuesday, May 2, 2017 National Power

१९ बैशाख – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनलाई भेट्न चाहेको बताए । आफूले उत्तर कोरियाका नेता किमलाई भेट्न चाहेको र अहिलेको अवस्थामा त्यो आफ्ना लागि सम्मानको कुरा हुने ट्रम्पको भनाई छ । समाचार संस्था ब्लुमबर्गसँगको कुराकानीको क्रममा राष्ट्रपति ट्रम्पले किमलाई भेट्ने अवसर मिले आफूले पक्कै भेट्ने बताए । यसअघि आइतबार उनले किमलाई विशेष क्षमतासहितको व्यक्तिको रुपमा परिभाषित गरे । उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण कोरियाली प्रायद्विपमा तनाव बढी रहेका बेला अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो भनाई आएको हो । ट्रम्पको भनाईपछि ह्वाइट हाउसले विज्ञप्ति निकालेर उत्तर कोरियाले भेटवार्ताका लागि धेरै शर्त पूरा गर्नुपर्ने र त्यसपछि मात्रै दुई देशका नेताबिच भेटवार्ता हुन सक्ने उल्लेख गरेको छ । तर शर्त बारे भने स्पष्ट पारिएको छैन । उत्तर कोरियाको उत्तेजक क्रियाकलाप तत्काल बन्द भएको देख्न चाहेको ह्वाइट हाउसले जनाएको छ ।
आइतबार सिबिएससँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति ट्रम्पले सानै उमेर सक्ता हातमा लिन सक्ने किम निकै क्षमतावान व्यक्ति रहेको बताए ।