Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

विद्यार्थी सङ्गठनले अनिश्चितकालीन विद्यालय बन्दको कार्यक्रम फिर्ता लिए

Tuesday, May 2, 2017 National Power

१९ बैशाख, भद्रपुर – केन्द्रीय सहमतिअनुसार निजी विद्यालयमा भएको शुल्क वृद्धि लगायत समस्याबारे अघि बढ्ने सरोकार भएकाहरुको प्रतिबद्धतापछि विद्यार्थी सङ्गठनले झापामा जारी राखेको विद्यालय बन्दलगायत कार्यक्रम फिर्ता लिएका छन् ।

संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा सोमबार साँझ सम्पन्न सर्वपक्षीय वार्तामा भएको सहमतिअनुसार आन्दोलनरत विद्यार्थी सङ्गठनले अनिश्चितकालीन विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका हुन् । आन्दोलरत विद्यार्थी सङ्गठन, स्थानीय शान्ति समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय, प्याब्सन, एनप्याब्सन झापाका प्रमुख तथा प्रतिनिधिबीचको वार्तामा पाँचबुँदे सहमति भएको थियो । सोअनुसार मंगलबार बिहानदेखि निजी विद्यालय पूर्ववत्ः सञ्चालन हुने, शुल्क वृद्धिलगायत समस्याबारे केन्द्रीय सहमतिअनुसार अघि बढ्ने र सोको कार्यान्वयनमा जिशिकाले पहल गर्ने सहमति भएको छ ।

शैक्षिक क्षेत्रका अन्य समस्या समाधानमा विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण समितिले विद्यार्थी सङ्गठन, प्याब्सन, एनप्याब्सनसमेतको सहभागितामा अघि बढ्ने, मापदण्ड विपरीतका निजी विद्यालयलाई जिशिकाले तत्काल कारर्बाही प्रक्रिया अघि बढाउने र निजी विद्यालय, प्याब्सन, एनप्याब्सन, विद्यार्थी सङ्गठन र जिशिकाबीच कुनै असमझदारी भए संवादका माध्यमबाट सहमतिका साथ अघि बढ्नेसमेत प्रतिबद्धता जनाइएको छ ।