Wednesday 23rd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

राप्रपा सरकारबाट बाहिरियो

Tuesday, May 2, 2017 National Power

१९ बैशाख, काठमाडौं – प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउने प्रस्तावको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ। संसदमा चौंथो ठूलो दल राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले महाअभियोगले न्यायपालिकाको मर्ममाथि प्रहार भएको ठहर गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो। राप्रपाको बहिर्गमनसँगै सरकारले बहुमत गुमाए/नगुमाएको विषयमा चर्चा हुन थालेको छ। व्यवस्थापिका संसदमा ५ सय ९३ सांसदको प्रतिनिधित्व रहेको बेला सरकारलाई आवश्यक पर्ने मत २ सय ९७ हो। कांग्रेस २०७, माओवादी ८२ र नेकपा संयुक्त ३ का साथै १/१ सांसद भएका अखण्ड नेपाल र समाजवादी जनता पार्टी पनि सरकारमा छन्। यी दलको मत संख्या २ सय ९४ छ। यसका साथै विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन, यो पार्टीका १७ सांसद छन्। यस अतिरिक्त अन्य ४ सांसदसमेत सत्ता पक्षमा छन्। यस हिसाबले सत्ता पक्षमा ३ सय १६ मत रहेको देखिन्छ।