Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

राप्रपा सरकारबाट बाहिरियो

Tuesday, May 2, 2017 National Power

१९ बैशाख, काठमाडौं – प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउने प्रस्तावको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ। संसदमा चौंथो ठूलो दल राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले महाअभियोगले न्यायपालिकाको मर्ममाथि प्रहार भएको ठहर गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो। राप्रपाको बहिर्गमनसँगै सरकारले बहुमत गुमाए/नगुमाएको विषयमा चर्चा हुन थालेको छ। व्यवस्थापिका संसदमा ५ सय ९३ सांसदको प्रतिनिधित्व रहेको बेला सरकारलाई आवश्यक पर्ने मत २ सय ९७ हो। कांग्रेस २०७, माओवादी ८२ र नेकपा संयुक्त ३ का साथै १/१ सांसद भएका अखण्ड नेपाल र समाजवादी जनता पार्टी पनि सरकारमा छन्। यी दलको मत संख्या २ सय ९४ छ। यसका साथै विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन, यो पार्टीका १७ सांसद छन्। यस अतिरिक्त अन्य ४ सांसदसमेत सत्ता पक्षमा छन्। यस हिसाबले सत्ता पक्षमा ३ सय १६ मत रहेको देखिन्छ।