Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

राप्रपा सरकारबाट बाहिरियाे

Monday, May 1, 2017 National Power

१८ बैशाख, काठमाडाैँ – सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिने निर्णय गरेकाे छ । अाज बसेकाे कार्यसम्पादन समितिकाे वैठकले सर्वसम्मतीले सरकारबाट बाहिरिने निर्णय गरेकाे प्रबक्ता दिलानाथ गिरीले नेसनलपावरन्युज लाइ बताउनु भयाे  ।

प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाइएको विषयमा राप्रपा असन्तुष्ट छ । प्रधान न्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव अनुचित, अनैतिक र न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै राप्रपाले यस्तो प्रस्ताव ल्याउने दलहरुसँग सहकार्य हुन नसक्ने जनाएको छ ।

सरकारमा सहभागी भएको प्रमुख सत्ता घटकलाई समेत थाहा नदिई छापमार शैलीमा महाअभियोग प्रस्ताव दर्ता गर्नुले सरकारमा बसिरहनुको औचित्य समाप्त भएको बैठकपछि राप्रपा अध्यक्ष कमल थापाले पत्रकारहरुलाई बताए ।

राप्रपाका नेता राजाराम बर्तौलाले सरकारबाट बाहिरिने निर्णयबारे प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराइसकेको बताए ।