Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

आगलागी हुँदा लाखौँको क्षति

Monday, May 1, 2017 National Power


१८ बैशाख, सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मा गएराति आगलागी हुँदा रु सात लाख मूल्य बराबरको क्षति भएको छ ।

गएराति आएको हाबाहुरीले स्थानीय मोहम्मद अलाउदिन मियाँको घरमा बालिएको घुरबाट अचानक सल्केको आगोले निजको फुसको छानो भएको एउटा गाईगोठ र गोठमा भएका दुईवटा गोरु जलेर मरेको प्रहरीले जनाएको छ ।आगो निभाउने क्रममा मियाँसमेत घाइते भएका छन् । उनको लहानस्थित राउ स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै छिमेकी भीमनारायण साहको भुइँतले फुसको एउटा घर जलेको छ । घरभित्र रहेको कच्ची घर, टायर गाढालगायतका सामान जलेको प्रहरीले जनाएको छ ।यस्तै अर्का सोही ठाउँका हरिनारायण साहको समेत एउटा फुसको छानो भएको घर जलेको बताइएको छ ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन नगद जिन्सी गरी रु सात लाख मूल्यबराबरको क्षति भएको पीडित परिवारले बताएका छन् ।आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी, र राजविराजबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको थियो ।