Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

एसएलसिकाे सर्टिफिकेट हराएका पराजुली काबा प्रधानन्यायधिष

Sunday, April 30, 2017 National Power

१७ बैशाख, काठमाडाैँ – नेपाली काँग्रेस र माअाेवादी केन्द्रका २५१ जना सभासदले प्रधानन्यायधिष सुशीला कार्की विरूद्ध महाअभियाेग प्रस्ताव दर्ता गरेपछि सर्वाेच्चका वरिष्ठ न्यायधिष गाेपाल प्रसाद पराजुलीले कार्यवाहाककाे जिम्मेवारी पाएका छन् । अाजै उनले पदभार ग्रहण गरेका छन् । केही समय अघि उनकाे एसएलसिकाे सर्टिफिकेट हराएर चर्चा पाएकाे थियाे ।

पराजुलीले सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीशको आधारमा कार्यवाहक प्रधानन्यायाधीशको कार्यभार सम्हालेका हुन् । सोमबार सार्बजनिक विदा भएकाले आइतबार बेलुकी नै पराजुलीले कार्यबाहकको जिम्मेवारी सम्हालेको स्रोतले बतायो ।

सरकारको निर्णयमा हस्तक्षेप गरेको आरोप लगाउँदै सत्तारुढ कांग्रेस र माओवादीका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध आजै संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । कांग्रेसका मिन विश्वकर्मा प्रस्तावक र माओवादी केन्द्रका टेकबहादुर बस्नेत समर्थक रहेको महाअभियोग प्रस्तावमा २५९ सांसदको हस्ताक्षर छ ।

यद्यपी हस्ताक्षरकर्ताले आफूहरुको हस्ताक्षर कीर्ते गरेको दाबी गर्दै आएका छन् । गृहमन्त्री विमलेन्द्र निधिले समेत महाअभियोगमा असन्तुष्टि जनाउँदै आजै राजीनामा दिएका छन् ।