Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

प्रधानन्यायधिष विरूद्ध महाअभियाेग दर्ता पछि गृहमन्त्रीकाे राजीनामा

Sunday, April 30, 2017 National Power

१७ बैशाख, काठमाडौं – उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता भएलगत्तै गृहमन्त्रीले राजीनामा दिएका हुन् ।

गृहमन्त्री निधीले स्वकीय सचिवमार्फत प्रधानमन्त्री प्रचण्ड सामू राजीनामा पत्र बुझाएका हुन् । आजैको मितिदेखि राजीनामा दिएको भने पनि उनले राजीनामाको कारण भने खुलाएका छैनन् ।

निधीले राजीनामा पत्रमा लेखेका छन्, ‘संविधानमा संशोधन गरी सबैको संविधान बनाउने पक्षमा र निर्वाचनको पक्षमा पूर्ववत सक्रिय रहे रहने छु ।’

राजीनामाको कारण महाअभियोग

राजीनामा दिनुअघि मन्त्री निधिले मुख्य सचिव सोमलाल सुवेदीलाई राजीनामाको प्रक्रियाबारे सोधेका थिए । प्रधानमन्त्री सामू राजीनामा दिनुपर्ने व्यवस्था थाहा पाएपछि उपप्रधानमन्त्री निधिले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरी आफूले राजीनामा दिन लागेको जानकारी दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनेबारे नसोच्न आग्रह गर्दा आफूले राजीनामा पठाइसकेको निधिले प्रधानमन्त्रीलाई जवाफ दिएका थिए ।

स्रोतका अनुसार गृहमन्त्री निधीले राजीनामा दिनुको मुख्य कारण प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग नै हो । यसबारे आफूसँग पार्टी सभापतिले कुनै परामर्श नगरेको र १९ गते आईजीपी प्रकरणको फैसलालाई हेरेर नै  प्रधानन्यायाधीशविरुद्ध महाअभियोग आएको गृहमन्त्री निधीको आशंका छ ।

कांग्रेस नेता निधी निकट स्रोतले भन्यो, ‘गृहमन्त्रीको राजीनामाको कारण महाअभियोग नै हो ।’

यद्यपि प्रधानमन्त्री कार्यालय स्रोतले भने मन्त्री निधीको असन्तुष्टि उनकै पार्टीको नेतृत्वसँग रहेको बतायो ।

प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावसँगै बुझाइएको सांसदहरुको हस्ताक्षरमा पनि कांग्रेस सांसद समेत रहेका निधीको नाम छ । तर, उनको हस्ताक्षरमाथि केरमेट गरेर बदर गरिएको छ ।

अर्कै प्रयोजनका लागि गरिएको हस्ताक्षर यसमा प्रयोग भएको र निधीले महाअभियोगमा आफ्नो असहमति रहेको बताएपछि केरमेट गरिएको हुनसक्ने बताइएको छ ।