Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

स्थानीयवासीको चन्दा सङ्कलनबाट मन्दिर निर्माण

Sunday, April 30, 2017 National Power

१७ बैशाख, म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–६ एकपाटेका स्थानीयवासीले चन्दा सङ्कलन गरेर रु आठ लाखको लागतमा उमा महेश्वर शिवालय मन्दिरको निर्माण गरी शिवलिङ्ग र मूर्ति स्थापना गरेका छन् ।

स्थानीयवासीले आर्थिक सङ्कलन अभियान सञ्चालन गरी निर्माण गरेको मन्दिरको शनिबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी प्रेमराज गिरीले उद्घाटन गरे ।

कार्यक्रममा पुलस्त्य ऋषिको तपोभूमि क्षेत्रमा निर्माण गरिएको मन्दिर धार्मिक पर्यटकका लागि महत्वपूर्ण स्थान हुने नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष प्रमोद श्रेष्ठले बताए । उपाध्यक्ष श्रेष्ठले बेनी नगरपालिकाभित्र रहेका धार्मिक क्षेत्रको प्रचारप्रसारमा आफूले योजना बनाएको समेत जानकारी दिए । कार्यक्रममा चन्दादाताहरू समाजसेवी हरिकुमार श्रेष्ठ, नगेन्द्र केसी, भोजनाथ पौडेलले सो मन्दिरको धार्मिक र ऐतिहासिक महत्वमाथि प्रकाश पारेका थिए ।