Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

कांग्रेस नेताहरु आन्तरिक छलफलमा जुटे

Sunday, April 30, 2017 National Power

१७ बैशाख, काठमाडौं – कांग्रेस नेताहरु संविधान संशोधन र आगामी निर्वाचनको विषयमा छलफल गर्न आन्तरिक छलफलमा जुटेका छन् ।

संविधान संशोधन गर्न नदिने एमालेको भनाई र संशोधन नभइ चुनावमा नजाने मधेस केन्द्रित दलहरुको अडानका बेला राजनीतिक निकासको खोजीमा कांग्रेस नेताहरु जुटेका हुन् ।कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा आइतबार बिहान पार्टीका शीर्ष नेताहरुको बैठक बसेको छ । बैठकमा स्थानीय तह चुनावको उम्मेदवार छनौट, संविधान संशोधन र संसद बैठकमा पार्टीको भूमिकाबारे छलफल भएको कांग्रेसका एक नेताले बताए ।

सत्ता साझेदार कांग्रेसका शीर्ष नेताहरुले संसदको गतिरोध हटाउने र संविधान संशोधन गर्ने विषयमा शनिबार प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । ओलीले भने संशोधन प्रस्ताव फिर्ता नभएसम्म संसदको अवरोध नखुल्ने जवाफ दिएका थिए ।