Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा,तीन जना घाइते

Sunday, April 30, 2017 National Power


१७ बैशाख, नवलपरासी – पश्चिमबाट पूर्व तर्फ जादै गरेको एम्बुलेन्स गत राति दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

नवपरासीको सुनवल–७ ज्यामिरेमा राति २ बजे बाँकेबाट बिरामी बोकेर भरतपुरतर्फ जाँदै गरेको भे १ च १७४९ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडक छेउमा दुर्घटनाग्रत भएको हो ।

दुर्घटनामा परी बाँके कोहलपुर नगरपालिका वार्ड नम्बर १२ बस्ने ५३ बर्षिया लिला केसी घाइते भएकी छिन् । अन्य दुई घाइतेको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।

देवदह मेडिकल कलेज भलुहीमा घाइतेहरुको उपचार भइरहेको छ ।

एम्बुलेन्सको टायरको रड भाँचिदा अनियन्त्रित भई सडकमा पल्टेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।