Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

एमालेको चुनावी घोषणापत्र आज

Sunday, April 30, 2017 National Power


१७ बैशाख, काठमाडौं – नेकपा एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुँदैछ । पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरेर एमालेले स्थानीय चुनावलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । एमालेको शनिबार बसेको स्थायी समितिको बैठकले घोषणापत्र पारित गरेको हो ।

मुख्यगरी स्थानीय तहका काम कर्तव्य अधिकार सम्पादन गर्ने गरीको स्थानीय तह बनाउनुपर्ने, नयाँ संविधानको जगमा सबल राज्य बनाउने कार्यभार पूरा गर्न सामाजिक समानता र न्याय सहित आर्थिक सम्बृद्धिमा जोड दिने कुरालाई प्राथमिकतामा राखेर घोषणापत्र तयार पारिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
यस्तै एमालेले पहिलो चरणमा हुने चुनावका लागि महानगर र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो पनि आइतबार नै लगाउने बताएको छ । बेलुकासम्ममा स्थायी समिति बैठकले उम्मेद्वार टुंगो लगाउने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।