Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

निर्वाचन आयोगले रोक्यो जेठ १५ को बजेट

Saturday, April 29, 2017 National Power

 निर्वाचनको बिचमा नीति तथा कार्यक्रम र बजेट आचार संहिता विपरित

१६ बैशाख, काठमाडौं – निर्वाचन आयोगले आगामी जेठ १५ मा बजेट ल्याउन रोकेको छ । दुई चरणको निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनु आचार संहिता विपरित हुने आयोगको ठहर छ ।

आयोगको शनिबार बसेको बैठकले निर्वाचनको बीचमा बजेट ल्याउँदा आचार संहिता अनुकुल नहुने ठहर गर्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।

आयोगको निर्णयमा भनिएको छ, ‘एक महिनाको अन्तरालमा हुने दुई चरणको निर्वाचनका बीच सरकारको नीति तथा कार्यक्रम र बाणिर्क बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचार संहिता अनुकुल नहुने र दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्न सक्ने देखिएको हुँदा सरकारको ध्यानाकर्षण गर्ने ।’

फागुन १८ गतेदेखि लागू आचार संहिता दोस्रो चरणको निर्वाचनसम्म यथावत रहने आयोगले जनाएको छ ।

सरकारले बैशाख ३१ र जेठ ३१ मा दुई चरणमा स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेको छ । तर, जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानि व्यवस्था छ ।

निर्वाचन आयोगका पदाधिकारीहरुले सुरुमा चुनावलाई प्रभावित पार्ने कार्यक्रम नराखी बजेट ल्याउन सक्ने बताएका थिए । तर, प्रमुख विपक्षी एमालेले आपत्ति जनाएपछि आयोगले चुनावको बीचमा बजेट ल्याउन रोकेको हो ।