Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

ओलीलाई मनाउन शेरबहादुरको दौडधुप तर असफल

Saturday, April 29, 2017 National Power

१६ बैशाख, काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओली निवास वालकोट पुगेका छन् । आफ्ना पार्टीका वरिष्ठ नेताहरु सहित संविधान संसोधनको विषयमा एमालेलाइृ मनाउन देउवा वालकोट पुगेका हुन् । उनीसंगै वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला सहित बालकोट पुगेका हुन् ।

संविधान संशोधन र स्थानीय तह निर्वाचनबारे छलफल गर्न कांग्रेस नेताहरू बालकोट पुगेको  नेताहरूले बताएका छन् ।

दुर्इ पक्षीय छलफलमा एमालेका तर्फबाट पार्टी अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेललगायत नेता  सहभागी छन् ।

संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव पारित गर्न कांग्रेस नेताहरुले एमालेसँग आग्रह गर्दै आएका छन् । यसबारे संसदमा सम्भवतः आइतबार टुंगो लाग्नेछ ।

एमालेले संविधान संविधान संशोधनको विपक्षमा मतदान गर्ने बताइरहेका बेला नेपाली कांग्रेसले भने एमाले सहितको सहमतिमा संविधान संशोधन गर्ने प्रयत्न गरिरहेको छ ।

यसैविच दुइ नेता विचको वार्ता असफल भएको छ । आज भएको बैठकमा कांग्रेस नेताहरुले चुनाव गराउनु पर्ने भन्दै संविधान संशोधनमा सहमति गर्न प्रस्ताव गरेका छन् ।

तर, एमालेले अस्वीकार गरेको छ । संविधान संशोधन कुनै हालतमा पास हुन नदिने भन्दै एमाले अध्यक्ष केपी ओलीले ‘एमाले विना दुई तिहाई पुर्‍याउँछु भन्ने नसोचेपनि हुन्छ’ भनेका छन् ।

यसअघि प्रधानमन्त्री प्रचण्ड र माओवादी नेताहरुले एमाले नेतृत्वसँग लगातार दुई दिन छलफल गरेका थिए । तर, संशोधन पास हुन नदिने एमाले अडान कायमै छ ।