१५ बैशाख, खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा बिद्युत सर्ट भएर आगलागी हुँदा ५ घर जलेर नष्ट भएका छन् ।
बिद्युत सर्ट हुँदा सुरु भएको आगोले हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका प्रेम केसीको दुई घर, प्रेम कट्वालको घर र गोठ, गोपाल केसीको घरगोठ, कुमार केसीको घर तथा लिला केसीको गोठ जलेर नष्ट भएका हुन् ।
बुधबार भएको आगलागीमा प्रेम कट्वालको ४ चौपाय समेत मरेका छन् । प्रेम केसीको घरबाट सुरु भएको आगोले १५ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगो ईलाका प्रहरी कार्यालयका प्रहरी र स्थानीयबासीले नियन्त्रणमा लिएका थिए ।