Wednesday 16th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

विद्यार्थी संगठनको विरोध प्रदर्शनका क्रममा झडप हुँदा विद्यार्थी नेता सामान्य घाइते

Friday, April 28, 2017 National Power

१५ बैशाख , काठमाडौं – सरकारले निर्दिष्ट गरेको मापदण्डभन्दा बढी शुल्क लिएको बिरोधमा निजी विद्यालयलाई कारबाहीको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनले जिल्ला शिक्षा कार्यालयअगाडि गरेको विरोध प्रदर्शनका क्रममा शुक्रबार झडप भएको छ। निजी विद्यालयले विद्यार्थी भर्ना गर्दा मापदण्डभन्दा बढी लिइएको शुल्क सम्बन्धित अभिभावकलाई बोलाएर अविलम्ब फिर्ता गर्नुपर्ने भन्दै ताहचलमा गरिएको प्रदर्शनमा झडप हुँदा केही विद्यार्थी नेता सामान्य घाइते भएका छन्। ललितपुर र भक्तपुरका शिक्षा कार्यालयमा तालाबन्दीसमेत गरिएको छ । निजी शैक्षिक संस्थाले सरकारको मार्ग निर्देशनको उल्लंघन गरी जथाभावी शुल्क निर्धारण गर्नु कानुनविपरीत रहेको भन्दै यसविरुद्ध सशक्त आन्दोलनका कार्यक्रम गरिने जनाएको छ । सरकारले वार्ताका लागि बोलाएको भए पनि शुल्क फिर्ताको क्रम सुरु नहुँदासम्म वार्तामा नबस्ने विद्यार्थी संगठनले जनाएको छ। ती संगठनको अघिल्लो दिन बसेको बैठकले माग पूरा गर्न दबाब दिने उद्देश्यले देशभर विरोध प्रदर्शन तथा शुल्क लिने विद्यालय सञ्चालक लगायतलाई बहिष्कार गर्ने जस्ता निर्णय पनि गरेको थियो। निजी विद्यालय सञ्चालकले शुल्क फिर्ता नगर्दासम्म उनीहरूलाई सामाजिक बहिष्कार गर्ने संगठनले जनाएको छ। संयुक्त विद्यार्थी संगठनमा नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), राप्रविसं लगायत आठ संगठन आबद्ध छन्।