Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

पाँच लाख बढी मूल्यका तयारी पोशाक लगायत सामान पक्राउ

Friday, April 28, 2017 National Power

१५ बैशाख, धनुषा – भन्सार छलेर ल्याएको पाँच लाख बढी मूल्यका तयारी पोशाक लगायतका सामान शुक्रबार प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

नेपाल–भारत सीमा नाकाबाट चोरी तस्करी गरी महोत्तरी र धनुषाका बजारतर्फ लैजादै गरिएका सामान प्रहरी निरीक्षक वीरेन्द्र पनेरु नेतृत्वको विशेष गस्तीले भिट्ठामोड, रामगोपालपुर, जलेश्वर जीरोमाईल, मटिहनी आसपासका स्थानबाट बरामद गरेको हो । भारतबाट भन्सार छलेर भित्र्याएको कोट पाइन्ट, बुट्टे, सिफन एवं कटन साडी, कुर्ता सुरुवाल, धोती, विभिन्न ब्रान्डका खाने तेल, चिनी, पापड साबुनलगायतका सामन बरामद गरेको प्रहरी उपरीक्षक राजकुमार लम्सालले जनाए । स्थानीय तह निर्वाचन तयारीमा सुरक्षा निकाय लागेको मौका छोपेर नेपाल–भारत सीमा आसपासका क्षेत्रमा तस्करको चलखेल बढेको लम्सालले बताए । बरामद सामान जलेश्वर भन्सार कार्यालयमा बुझाइएको छ ।