Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

गोली चलाएर फरार भएका युवक पेस्तोलसहित पक्राउ

Friday, April 28, 2017 National Power

१५ बैशाख, बागलुङ – मादक पदार्थ सेवन गरी गोली चलाएर फरार भएका एक युवकलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । बुर्तिवाङस्थित होटल न्यू वुटवल थकाली भान्छा घरमा बुधबार उनले गोली चलाएर फरार भएको थिए ।

पक्राउ पर्नेमा बडीगाड–५ का ३३ वर्षीय श्याम रेश्मीमगर रहेका छन् । उनले चलाएको गोली होटलको भित्तामा लागेको थियो । उनलाई बुधबार नै साँझ मध्यपहाडी लोकमार्गको बुर्तिवाङ–भिमगिठेको खप्तरीबाङबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। उनको साथबाट जापानमा बनेको एउटा अटोमेटिक पेस्तोल, दुइवटा म्याग्जिन र ११ वटा गोली बरामद भएको प्रहरीले जनाएको छ ।
मंगलबार पनि रेश्मीमगरले एकजना चालकलाई कुटपिट गरेको खुलेको छ । थुनामा राखेर उनीविरुद्ध बिहीबार प्रहरीले अनुसन्धान म्याद थप गरेको जनाइएको छ ।