Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

वियर उत्पादक कम्पनीमा आगलागी हुँदा पाँच करोड क्षति

Thursday, April 27, 2017 National Power

१४ बैशाख, रुपन्देही – रुपन्देहीको सुद्धोदन गाउँपालिका ४ मैनहियामो वियर उत्पादक कम्पनी टाइगर ब्रुअरी इन्डष्ट्रिज प्रालिमा आगलागी भएको छ ।
विहिबार विहान भएको आगलागीबाट पाँच करोड क्षति भएको कम्पनीले जनाएको छ । आगोलाई बुटवल प्रहरी र बुटवल उपमहानगरपालिकाको दमकलले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।बिहान ९ बजे लागेको आगो दिउसो १२ बजे नियन्त्रणमा आएको थियो ।