१४ बैशाख, रौतहट – सत्तारुढ दल नेपाली कांग्रेस र उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनबीच छलफल हुँदैछ ।
प्रधानमन्त्रीको सरकारकारी निवास बालुवाटारमा हुन लागेको छलफलमा संविधान संशोधन प्रस्ताव प्रक्रियामा, मधेसी दलको सरकारमा सहभागीता लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको मागलाई सम्बोधन गर्दै सरकारले मधेसमा स्थानीय तहको संख्या बढाउने पत्रिपत्र फिर्ता लिएपछि मधेसीदलहरु असन्तुष्ट भएका छन् । उनीहरुलाई यसविषयमा सहमतिमा ल्याउन बार्ता बस्न लागेको हो ।