Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

हावाहुरीले सुरक्षित प्रसूति सेवा केन्द्रमा क्षति

Thursday, April 27, 2017 National Power

१४ बैशाख, बैतडी – वर्षासँगै चलेको हावाहुरीले बैतडीको पुर्चौडी नगरपालिका–५ कुवाकोटको सुनजुनीमा रहेको सुरक्षित प्रसूति सेवा केन्द्रमा क्षति पुरयाउँदा प्रसूति सेवा बन्द भएको छ ।

आइतबार बेलुका वर्षासँगै चलेको हावाहुरीले तीनकोठे भवनको छानो उडाएपछि सुरक्षित प्रसूति सेवा केन्द्रभित्र राखिएका औषधि, सुत्केरी समान, सुत्केरी गराउने श्ययामा क्षति पुगेको कुवाकोट स्वास्थ्य चौकीका इन्चार्ज लोकेश जोशीले जानकारी दिए ।

“हावाहुरीले छानो उडाएपछि भित्र रहेका सबै सामान भिजेर नष्ट भएका छन्” भने, “सुरक्षित प्रसूति सेवा केन्द्रमा क्षति पुगेकाले तत्कालका लागि सुरक्षित प्रसूति सेवा दिन सकिँदैन ।”

सुरक्षित प्रसूति सेवाका लागि तत्काललाई त्यस क्षेत्रका गर्भवती महिलाले कुवाकोट स्वास्थ्यचौकीमा आउनुपर्ने समेत उनले बताए ।