Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

भ्यान र बस आपसमा ठोकिँदा, एकको मृत्यु

Tuesday, April 25, 2017 National Power

१२ बैशाख, सप्तरी – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कृष्णाराम गाउँपालिका–१ स्थित सीतापुरमा एक भ्यान र यात्रुबाहक बस आपसमा ठोकिँदा सोही गाउँपालिका–३ का २५ वर्षीय ओमप्रकाश चौधरीको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख १८२७ नंको यात्रुबाहक बस विपरीत दिशाबाट आउँदै गरेको को १ ज १५५१ नंको भ्यानमा ठोकिएको प्रहरीले जनाएको छ ।ठक्करबाट गम्भीर घाइते भएका चौधरीको सप्तरीको ठेलियास्थित धर्मेश्वर अस्पतालमा राति उपचारका क्रममा मृत्यु भएको हो । घटनामा परी सोही गाउँपालिकाका रवीन्द्र चौधरी घाइते भएका छन् ।उनलाई विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।