Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

नेपाली कांग्रेसलेआज घोषणापत्र सार्वजनिक गर्दै

Tuesday, April 25, 2017 National Power

१२ बैशाख, काठमाडौं – स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेसलेआज घोषणापत्र सार्वजनिक गर्दैछ । आज दिउँसो तीन बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गर्ने काग्रेसले जनाएको छ ।

कांग्रेसले संघीय प्रणाली अन्तर्गत स्थानीय सरकारको अवधारणामा गएको भन्दै सबै स्थानीय तहलाई नमूना स्थानीय सरकारको रुपमा विकास गर्ने आफ्नो प्रमुख प्राथमिकता बनाएको छ । कांग्रेसले ठूलो, पुरानो र लोकप्रिय पार्टीका रुपमा आफूलाई उभ्याउँदै स्थानीय सरकारलाई बलियो बनाउने गरी कार्यक्रम ल्याउने गरी घोषणापत्र तयार पारेको छ ।