Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

बस दुर्घटना हुँदा चारजना गम्भीर घाइते

Tuesday, April 25, 2017 National Power

१२ बैशाख, मुसिकोट – रुकुम जिल्लाको सदरमुकाम मुसिकोट खलङ्गाबाट चौरजहारी नगरपालिका जाँदै गरेको बस सोमबार दुर्घटना हुँदा चारजना गम्भीर घाइते भएका छन् ।

चौरजहारी नगरपालिकाको नुवाकोट जाँदै गरेको ग १ ख ४२४५ नम्बरको जिप मुसिकोट नगरपालिका–४ बोहोरा गाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा त्रिवेणी गाउँपालिका–१० का २६ वर्षीय दुर्गाबहादुर खड्का, मुसिकोट नगरपालिका–११ का ३५ वर्षीय नैन पुन, २५ वर्षीया गीता पुन ओली र २७ वर्षीया गीता खड्का गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । घाइते सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ओरालोमा गाडीको ब्रेक फेल भएपछि दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।