Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

अाइपिएलमा बैंगलाेरकाे लज्जास्पद हार, इतिहासकै सबैभन्दा कम स्काेर

Monday, April 24, 2017 National Power

११ बैशाख, भारत – अाइपिएल अन्तर्गत गएराती भएकाे खेलमा राेयल च्यालेन्जर बैंगलाेरले अापिएल इतिहासकै सबैभन्दा खराब प्रर्दशन गर्दै सबैभन्दा कम स्काेरमा खुम्चिएकाे छ । काेलकतासंग इडेन गार्डेनमा भएकाे खेलमा घरेलु टाेलीसंग ८२ रनले पराजित हुँदा उस्ले मात्र ४९ रन जाेडेकाे थियाे र याे अाइपिएल इतिहासमा सबैभन्दा कम स्काेर हाे ।

टस हारेर पहिले व्याटिङ गरेकाे काेलकताले २० अाेभरमा सबै विकेट गुमाएर मात्र १३१ रन बनाउन सकेकाे थियाे । उस्का लागि सुनिल नारिन सर्वाधिक ३४ रन जाेड्दा क्रिस वक्सले १८ रन बनाएका थिए । बैंगलाेरका लागि युजविन्द्र चाहलले ३ विकेट लिएका थिए ।

१३२ रनकाे सामान्य विजय लक्ष्य हेविवेट व्याटिङ लाइन भएकाे बैंगलाेरले सजिलै चेज गर्ने अनुमान गरिएकाे थियाे । तर काेकताका तिब्र गतिका बलरहरू अघि बैंगलाेरका व्याट्सम्यानहरू यति निरिह देखिए की कसैले पनि दाेहाेराे स्काेर बनाउन सकेनन् । उस्का लागि केदार ज्यादवले सर्वाधिक ९ रन बनाउँदा एविडि भिलियर्स र स्टुवार्ट विन्नीले ८–८ रन बनाएका थिए भने अतिरक्तकाे रूपमा ७ रन पाएका थिए । उस्का स्टार व्याट्सम्यानहरू क्रिस गेल तथा विराट काेहली लगाएत कसैले पनि सम्झना लायक प्रर्दशन गर्न सकेनन् र पुरै टिम ४९ रनमा समेटियाे । अाइपिएल इतिहासकै सबैभन्दा खराब प्रर्दशन गरेका वैंगलाेरका व्याट्सम्यान मैदानमा निकै हतास देखिन्थे ।

बैंगलाेरलाइ लज्जास्पद हार चखाउने क्रममा काेलकताका नाथन कुल्टरनाइल, क्रिस वक्स र काेलिन ग्रयाण्डहाेमले ३–३ विकेट लिए भने १ विकेट उमेश यादवकाे नाममा रह्याे ।

त्यस्तै हिजै भएकाे पहिलाे खेलमा किंग्स इलेवन पंजावले गुजरात लायन्सलाइ पराजित गरेका थियाे ।