Saturday 12th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

बलिवुडकर्मीको नेपाली गीत

Sunday, April 23, 2017 National Power

१० बैशाख, काठमाडौँ – गायक सुवास उप्रेतीको नेपाली एल्बम ‘हर्ट’ सार्वजनिक भएको छ । काठमान्डौमा एक कार्यक्रमको आयोजना गरि एल्बममा समावेश ‘आज किन’ बोलको गीतको भिडियो समेत सार्वजनिक गरिएको हो । बलिउडमा समेत ख्याति कमाउन सफल  गायक उप्रेतीको सार्वजनिक गीतलाई सागर राजको निर्देशनमा तयार पारिएको छ । जहाँ मायालु जोडीको सिम्पल लभलाई देखाइएको छ । भिडियोमा मोडल निरिशा बस्नेत र गायक उप्रेती आफै फिचारिङ भएका छन् । सागर राजले निर्देशन गरेका म्युजीक भिडीयोहरु ’ पानी पर्यो , चुम्बक लगायतका गीतहरु चर्चित छन्  ।

नेदरल्याण्डको ब्रदर युनाइटेडले निर्माण गरेको यो गीत सुवासको पहिलो नेपाली गीत हो ।सुवासले बलिउडमा छ सय भन्दा बढी गीत रेकर्ड गर्नुका साथै २०० ठुला स्टेज कार्यक्रमहरु गरिसकेका छन् । सिन्धुलीमा छायाँकन गरिएको भिडीयोमा अनिल के मानन्धरको छायांकन , सुप्रिम पराजुलीको सम्पादन तथा कलर देख्न सकिन्छ