१० बैशाख, काठमाडौं – आज बस्ने मन्त्रीपरिषद् वैठकले संविधान संसोधन विद्येयकमा परिमार्जन गर्ने विषयबस्तु टुंगाउन भएको छ ।
सरकार र गठबन्धनबीचको वैठकमा परिमार्जनसहित संविधान संसोधन गर्ने, दुई चरणमा चुनाव गर्ने र गठबन्धनले तय गरेको आन्दोलनका कार्यक्रम फिर्तालिने समझ्दार बनेको हो ।
उक्त समझदारी अनुसार संविधान संसोधन सम्बन्धी सरकारले यस अघि दर्ता गरेको विद्येयकमा परिमार्जन गर्ने विषयको मन्त्रीपरिषद् वैठकले टुंगो लगाउने छ भने संसोधन विद्येकयमा परिमार्जनका लागि विषयबस्तु अनुमोदन गरेपछि संघीय गठबन्धनको वैठक बसेर आन्दोलनका कार्यक्रम फिर्ता हुनेछन् ।
सरकार र संघीय गठबन्धन बीच भएको सहमति अनुसार आज बस्ने मन्त्रीपरिषदको बैठकले अनुमोदन गर्नेछ । निर्वाचन आयोगको परामर्शमा दोस्रो चरणको निर्वाचनको मिति सरकारले तोक्ने र सहमति अनुसार संविधान संशोधन प्रस्ताव द्रुत मार्गबाट पारित गर्ने सहमति पनि बैठकले गरेको छ ।